काठमाडौँ। एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेबल फण्ड बन्दमुखी योजनामा आवेदन दिने समय थप भएको छ। निष्काशन तथा बिक्री माघ २ देखि छिटोमा माघ ५ गतेसम्मका लागि खुल्ला गरिएकोमा उक्त अवधिभरमा गबमोजिम आवेदन प्राप्त नभएकाले यहि माघ १६ गतेसम्मका लागि आवेदन मिति थप गरिएको हो।
यस फण्डमा हालसम्म १ अर्ब रकम बराबरको १० करोड इकाईहरु प्रतिइकाई अंकितमूल्य रु. दश दरमा मिति माघ २ गतेदेखि निष्काशन तथा बिक्रि खुला भैरहेको छ।
उक्त निष्काशनमा शुक्रवार दिउसो १२ः३० बजेसम्ममा ३५,३३५ जना आवेदकहरुद्वारा ७ करोड ८५ लाख ८१ हजार ५२० इकाई खरिदका लागि आवेदन प्राप्त भएकोमा ३ हजार ८५७ जनाआवेदन मार्फत शेयर खरिदका लागि माग भएको १ करोड ३० लाख ६० हजार ८७० इकाईहरु रद्द भएको छन् ।
प्रतिक्रिया