काठमाडौँ। हालसम्म २० वटा वाणिज्य बैंक मध्ये १२ वटाले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन। गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट कम्पनीहरुले नाफा घोषणा गरेका हुन। त्यस्तै अहिलेसम्म ६ वटाले भने लाभांश वितरण नगर्ने घोषणा गरेका छन।
बाँकी २ वटा अर्थात नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कृषि विकास बैंकले भने अहिलेसम्म कुनै निर्णय गरेका छैनन।
सरकारी पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत बैंक भने होइन् ।
सबैभन्दा बढी एनआइसी एसिया बैंकले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । सबैभन्दा कम लाभांश सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश मात्रै दिएकोछ ।
एभरेष्टले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको छ ।
यसैगरी, सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गरेको छ ।
एसबिआई बैंकले चुक्ता पूँजीको १०.५५ प्रतिशतका दरले लाभांश वितरण गरेको छ । सोमध्ये ३.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ६.८० प्रतिशत नगद लाभांश रहेको छ ।
यसैगरी, ग्लोबल आइएमई बैंक लिमिटेडले ९ प्रतिशत लाभांश मध्ये ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर दिएको छ ।
यी चार बैंक बाहेक बाँकी ७ बैंकले कि नगद कि त बोनस मात्रै दिएका छन् । नबिल, सिटिजन्स, स्ट्यान्डर्ड चार्टड र सिद्धार्थ बैंकले नगद लाभांश मात्रै वितरण गरेका छन् ।
नबिल बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गरेको छ।
प्रतिक्रिया