काठमाडौँ। साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजारमा तिव्र उतार चढाव देखियो। यसैबीच १७३ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको छ । यस दिन मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत र साम्लिङ पावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ।
त्यसैगरी आज, हाथवे इन्भेष्टमेन्ट, माउन्टेन हाइड्रो नेपाल, एशियन हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, बुद्ध भूमि नेपाल हाइड्रोपावर, समाज लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक बढेको छ ।
आज कारोबारमा आएका ३०६ स्क्रिप्टको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।
प्रतिक्रिया