वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेगा म्युचुअल फण्ड–१ ले बढायो सूचीकृत शेयरमा लगानी

अर्थलगानी
२०८० माघ १४, आईतवार

काठमाडौँ। मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ ले सूचिकृत शेयरमा लगानी बढाएको छ। फण्डले सार्वजनीक गरेको पुस मसान्तको खुद सम्पत्ति मूल्य विवरणमा मङ्सिर महीनाको तुलनामा पुस महीनामा सूचीकृत शेयरमा लगानी बढाएको हो।

मङ्सिर मसान्तसम्ममा यस फण्डले सूचीकृत शेयरमा रू. ८० करोड १० लाख लगानी गरेकोमा पुस मसान्तमा बढाएर रू. ९० करोड ३४ लाख पुर्‍याएको हो ।

त्यस्तै यस फण्डको न्याभ पनि मङ्सिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ । मङ्सिर मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ७२ पैसा रहेकोमा पुस मसान्तमा बढेर ९ रुपैयाँ ७ पैसा पुगेको छ । यस फण्डले पुस मसान्तसम्ममा रू. १ करोड ९९ लाख नाफा कमाएको छ । मङ्सिर मसान्तमा भने फण्ड रू। २ करोड ३२ लाख नोक्सानीमा थियो । पुस मसान्तमा फण्डको आम्दानीमा सुधार भएसँगै नाफामा गएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ ले सूचिकृत शेयरमा लगानी बढाएको छ। फण्डले सार्वजनीक गरेको पुस मसान्तको खुद सम्पत्ति मूल्य विवरणमा मङ्सिर महीनाको तुलनामा पुस महीनामा सूचीकृत शेयरमा लगानी बढाएको हो। मङ्सिर मसान्तसम्ममा यस फण्डले सूचीकृत शेयरमा रू. ८० करोड १० लाख लगानी गरेकोमा पुस मसान्तमा बढाएर रू. ९० करोड ३४ लाख पुर्‍याएको हो । त्यस्तै यस फण्डको न्याभ पनि मङ्सिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ । मङ्सिर मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ७२ पैसा रहेकोमा पुस मसान्तमा बढेर ९ रुपैयाँ ७ पैसा पुगेको छ । यस फण्डले पुस मसान्तसम्ममा रू. १ करोड ९९ लाख नाफा कमाएको छ । मङ्सिर मसान्तमा भने फण्ड रू। २ करोड ३२ लाख नोक्सानीमा थियो । पुस मसान्तमा फण्डको आम्दानीमा सुधार भएसँगै नाफामा गएको हो ।