वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सत प्रतिशत हकप्रद निष्काशनको तयारीमा रहेको बाराही हाइड्रोपावर १२ लाख घाटामा

अर्थलगानी
२०८० माघ १५, सोमबार

काठमाडौँ। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले घाटामा गएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यो कम्पनी १२ लाख ३० हजार रुपैयाँ घाटामा रहेको हो।

यो हाइड्रोपावर गत आर्थिक वर्षको चौथो त्रैमासमा ५५ लाख ६८ हजार रुपैयाँ घाटामा थियो । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण उल्लेख गरेको छैन ।

यस हाईड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले २ करोड १० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । वित्तीय खर्च १ करोड २१ लाख रुपैयाँ छ । प्रशासनिक खर्च ११ लाख ४४ हजार रुपैयाँ रहेको छ । सञ्चालन खर्च २६ लाख ६८ हजार रुपैयाँ देखिएको छ । खर्च धेरै हुँदा कम्पनी घाटामा गएको हो । यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४९ पैसा नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ भने ५७ रुपैयाँ रहेको छ । यसको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ । जगेडा कोष १० करोड ७४ लाख रुपैयाँले ऋणात्मक छ । बाराही हाइड्रोपावर १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारीमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले घाटामा गएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यो कम्पनी १२ लाख ३० हजार रुपैयाँ घाटामा रहेको हो। यो हाइड्रोपावर गत आर्थिक वर्षको चौथो त्रैमासमा ५५ लाख ६८ हजार रुपैयाँ घाटामा थियो । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण उल्लेख गरेको छैन । यस हाईड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले २ करोड १० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । वित्तीय खर्च १ करोड २१ लाख रुपैयाँ छ । प्रशासनिक खर्च ११ लाख ४४ हजार रुपैयाँ रहेको छ । सञ्चालन खर्च २६ लाख ६८ हजार रुपैयाँ देखिएको छ । खर्च धेरै हुँदा कम्पनी घाटामा गएको हो । यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४९ पैसा नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ भने ५७ रुपैयाँ रहेको छ । यसको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ । जगेडा कोष १० करोड ७४ लाख रुपैयाँले ऋणात्मक छ । बाराही हाइड्रोपावर १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारीमा छ ।