काठमाडौँ। हिमालयन एभरेष्ट कम्पनीको स्वामित्वमा रहेको नेपाल पुर्नबिमा कम्पनीको २० लाख संस्थापक शेयर बिक्रि खुला भएको छ। हिमालयन एभरेष्टले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रि गर्न लागेको हो।
यस संस्थापक शेयरमा न्यूनतम प्रति कित्ता २८० नघट्ने गरी ईच्छुक नेपाली नागरिक तथा संघ संस्थाहरुले यो शेयर खरिदन गर्न सक्नेछन। शेयर खरीदकर्ताहरुले उक्त शेयर आफूले खरीद गर्न चाहेको प्रति कित्ता मूल्य उल्लेख गरी न्यूनतम १ हजार र बढीमा २० हजार कित्ताको लागि आवश्यक कागजातहरु सहित आजको १५ दिनभित्र कम्पनीको थापागाउँ स्थित कार्यालयमा निवेदन दिन सक्नेछन्।
रितपूर्वक प्राप्त निवेदनहरु मध्येवाट शेयर बाँडफाँडको लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिईनेछ । तत्पश्चात् बाँडफाँड हुन बाँकी शेयर अन्य आवेदनकर्तालाई बाँडफाँड गरिने छ ।
प्रतिक्रिया