काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा सामान्य गिरावट आएको छ। कम्पनीको गत आर्थिक वर्ष २०७९–८० को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नाफामा गिरावट आएको हो। कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३२ करोड ८४ लाख रुपैयाँ कायम भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष ७ प्रतिशतले कम हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले ३५ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीले समिक्षा अधिमा १ अर्ब ७७ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।भने, कम्पनीले १ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो बिमाशुल्क गत आर्थिक वर्षको तुलनामा १३ प्रतिशतले कम हो।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) २०.५२ रुपैयाँ, पीई रेसियो २८.०९ गुणा र प्रतिशेयर नेटवर्थ १८७.०४ रुपैयाँ रहेको छ । त्यस्तै चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ।
प्रतिक्रिया