वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी क्यापिटलले नयाँ म्युचुअल फण्ड निष्काशन गर्दै, चलिरहेका २ फण्डको अवस्था कस्तो छ?

अर्थलगानी
२०८० माघ २१, आईतवार

काठमाडौँ। कुमारी क्यापिटलले माघ २८ गतेबाट ‘कुमारी सबल योजना’ नामक नयाँ म्युचुअल फण्डनिष्काशन गर्न लागेको छ। क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई अर्थात १ अर्ब रुपैयाँ बजारबरको निष्काशन गर्न लागेको हो ।

जस मध्ये १ करोड ४० लाख इकाई कोष प्रबर्दक कुमारी बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सकिनेछ।

यस फण्डमा न्युनतम सय कित्ता र अधिकतम १ करोड कित्ताको लागि दिन सकिने छ । यस इकाईमा छिटोमा फागुन २ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा फागुन १३ गतेसम्ममा आवेदन दिन सकिनेछ । यो १० वर्ष अवधिको एक बन्दमुखि योजना हो।
क्यापिटलले यसअघि पनि दुई बन्दमुखी योजना निष्काशन गरी हाल सञ्चालनमा छन। नयाँ म्युचुअल फण्डमा लगानी गर्नु अगाडी सोही कोष प्रबद्र्धक रहेको उस्तै प्रकृतिका अन्य फण्डहरु के कस्तो अवस्थमा छन् भन्ने कुराले मार्गनिर्देशन गर्दछ।

क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना नामक बन्दमुखी योजना सञ्चालन गरिरहेको छ। हेरौँ यी दुईको हालको अवस्थाः

कुमारी इक्विटी फण्डः
यो फण्ड १० वर्षे योजना अन्तर्गतको हो। विं.सं. २०७७ साल चैत ५ गतेदेखि सञ्चालमा रहेको छ। सुरुको महिना अर्थात २०७७ चैत मसान्तमा यस फण्डले कुल ५४ करोड ९५ लाख ४६ हजार रुपैयाँ कुल लगानी गरेको थियो भने २ करोड ६२ लाख ५० हजार आम्दानी गरेको थियो। हाल (चालु आर्थिक वर्षको पुससम्म) फण्डको कुल लगानी ९१ करोड ८१ लाख पुगेको छ भने सवा ४ करोड नाफामा रहेको छ।

यसको प्रति एकाई खुद मूल्य १०.४४ रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७९–८०को मुनाफाबाट फण्डले लगानीकर्तालाई १० प्रतिशत लाभांश दिएको छ।

कुमारी धनवृद्धि योजना

यो योजना ०७९ असार ३ गतेदेखि सञ्चालनमा रहेको छ। यो पनि १० वर्षे योजना हो। सञ्चालनमा आएकै सुरुको महिनामा यो फण्ड २२ लाख घाटामा गएको थियो। उक्त महिना ३१ करोड रुपैयाँ लगानी गरेको थियो भने प्रति इकाई मूल्य ९.९८ कायम थियो।

हाल यो फण्डको लगानी १ अर्ब १२ करोड ६६ लाख रुपैयाँ  छ भने ६५ करोड ८९ लाख नाफामा रहेको छ। यसल आर्थिक वर्ष २०७९–८०को मुनाफाबाट ६ प्रतिशत नगद लाभांश दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। कुमारी क्यापिटलले माघ २८ गतेबाट ‘कुमारी सबल योजना’ नामक नयाँ म्युचुअल फण्डनिष्काशन गर्न लागेको छ। क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई अर्थात १ अर्ब रुपैयाँ बजारबरको निष्काशन गर्न लागेको हो । जस मध्ये १ करोड ४० लाख इकाई कोष प्रबर्दक कुमारी बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सकिनेछ। यस फण्डमा न्युनतम सय कित्ता र अधिकतम १ करोड कित्ताको लागि दिन सकिने छ । यस इकाईमा छिटोमा फागुन २ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा फागुन १३ गतेसम्ममा आवेदन दिन सकिनेछ । यो १० वर्ष अवधिको एक बन्दमुखि योजना हो। क्यापिटलले यसअघि पनि दुई बन्दमुखी योजना निष्काशन गरी हाल सञ्चालनमा छन। नयाँ म्युचुअल फण्डमा लगानी गर्नु अगाडी सोही कोष प्रबद्र्धक रहेको उस्तै प्रकृतिका अन्य फण्डहरु के कस्तो अवस्थमा छन् भन्ने कुराले मार्गनिर्देशन गर्दछ। क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना नामक बन्दमुखी योजना सञ्चालन गरिरहेको छ। हेरौँ यी दुईको हालको अवस्थाः कुमारी इक्विटी फण्डः यो फण्ड १० वर्षे योजना अन्तर्गतको हो। विं.सं. २०७७ साल चैत ५ गतेदेखि सञ्चालमा रहेको छ। सुरुको महिना अर्थात २०७७ चैत मसान्तमा यस फण्डले कुल ५४ करोड ९५ लाख ४६ हजार रुपैयाँ कुल लगानी गरेको थियो भने २ करोड ६२ लाख ५० हजार आम्दानी गरेको थियो। हाल (चालु आर्थिक वर्षको पुससम्म) फण्डको कुल लगानी ९१ करोड ८१ लाख पुगेको छ भने सवा ४ करोड नाफामा रहेको छ। यसको प्रति एकाई खुद मूल्य १०.४४ रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७९–८०को मुनाफाबाट फण्डले लगानीकर्तालाई १० प्रतिशत लाभांश दिएको छ। कुमारी धनवृद्धि योजना यो योजना ०७९ असार ३ गतेदेखि सञ्चालनमा रहेको छ। यो पनि १० वर्षे योजना हो। सञ्चालनमा आएकै सुरुको महिनामा यो फण्ड २२ लाख घाटामा गएको थियो। उक्त महिना ३१ करोड रुपैयाँ लगानी गरेको थियो भने प्रति इकाई मूल्य ९.९८ कायम थियो। हाल यो फण्डको लगानी १ अर्ब १२ करोड ६६ लाख रुपैयाँ  छ भने ६५ करोड ८९ लाख नाफामा रहेको छ। यसल आर्थिक वर्ष २०७९–८०को मुनाफाबाट ६ प्रतिशत नगद लाभांश दिएको छ।