काठमाडौँ। एन आई सी एशिया क्यापिटल र संखुवासभापावर डेभलपमेण्ट कम्पनीबीच क्यापिटलको क्ष्म्भ्ब् तय क्ष्एइ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्रीप्रबन्धक नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ ।
एन आई सी एशिया क्यापिटलले आईडीया टू आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।
सोही सेवाअन्तर्गत काठमाण्डौ महानगरपालिका, पेप्सीकोला, काठमाण्डौमा रजिष्ट्रार कार्यालय रहेको संखुवासभा डेभलपमेण्ट कम्पनीलाई क्यापिटलको आईडीया टू आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित संखुवासभा पावर डेभलपमेण्ट प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्कासन गर्न क्यापिटल र संखुवासभा पावरबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौतापत्रमा निष्काशन तथा बिक्रीप्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी र कम्पनीका तर्फबाट अध्यक्ष सौरभ अर्यालले हस्ताक्षर गरेका हुन।
संखुवासभापावर डेभलपमेण्ट कम्पनीले संखुवासभा जिल्लास्थित सभाखोलामा दुईवटा जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जसमध्ये ९.४१२ मेगावाटको सुपर सभा खोला जलविद्युत आयोजना र ४.१ मेगावटको सुपर सभाखोला साना जलविद्युत आयोजना रहेका छन् ।
संखुवासभापावर डेभलपमेण्ट कम्पनीले जारी पूँजीको २५ प्रतिशत शेयर अर्थात रु.१०० अंकित दरका २५ लाख ५० हजार कित्ता साधारण शेयर निकट भविष्यमाप्रचलितकानूनबमोजिम सर्वसाधारणमा निष्काशन गर्नेछ ।
एन आई सी एशिया क्यापिटलले आईडीया टू आईपीओ सेवाअन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको छ।
प्रतिक्रिया