वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इच्छाराज दम्पतीलाई नै जेल सजाय, ५ अर्ब ५० करोड असुल गर्नुपर्ने फैसला

अर्थलगानी
२०८० माघ २१, आईतवार

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका नेकपा एमालेका पूर्वसांसद तथा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद सजाय तोकिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङलाई दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय हुने फैसला सुनाएको हो।

अदालतले उनलाई एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउन र त्यति नै रकम जरिमानासमेत असुलउपर गर्नुपर्ने ठहर गरेको छ।

तामाङकी श्रीमती सिर्जना तामाङलाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिमाना गर्नुपर्ने फैसला सुनाएको छ।

इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यत्ति नै जरिवाना असुल गर्नुपर्ने ठहर गरेको छ।

विशेषले इच्छाराज र सिर्जनाका छोरीहरु प्रतीक्षा र प्रतिष्ठालाई भने सफाइ दिएको छ। तर उनीहरू दुवैसहित इच्छाराज दम्पती र केशवलाल श्रेष्ठ र उनकी पत्नी मीनाको नाममा रहेको सम्पत्ति जफत गर्नुपर्ने पनि फैसला सुनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका नेकपा एमालेका पूर्वसांसद तथा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद सजाय तोकिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङलाई दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय हुने फैसला सुनाएको हो। अदालतले उनलाई एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउन र त्यति नै रकम जरिमानासमेत असुलउपर गर्नुपर्ने ठहर गरेको छ। तामाङकी श्रीमती सिर्जना तामाङलाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिमाना गर्नुपर्ने फैसला सुनाएको छ। इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यत्ति नै जरिवाना असुल गर्नुपर्ने ठहर गरेको छ। विशेषले इच्छाराज र सिर्जनाका छोरीहरु प्रतीक्षा र प्रतिष्ठालाई भने सफाइ दिएको छ। तर उनीहरू दुवैसहित इच्छाराज दम्पती र केशवलाल श्रेष्ठ र उनकी पत्नी मीनाको नाममा रहेको सम्पत्ति जफत गर्नुपर्ने पनि फैसला सुनाएको छ।