काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक २.४४ अंकले घटेको छ । यससँगै सूचक २०७३.८३ विन्दुमा आएको छ । १५ लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको ३१ सय २३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४३ वटा कारोबार भएको हो । ८ कम्पनीको भाउ बढ्दा १५ वटाको मूल्य घटेको छ भने २ वटाको मुल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रतिक्रिया