वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मुक्तिनाथ कृषि कम्पनीको खुद नाफा साढे १९ करोड

अर्थलगानी
२०८० माघ २६, शुक्रबार

काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४९ लाख रुपैयाँ खुद नाफा गरेको छ। जबकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ करोड २२ लाख ऋणात्मक रहेको थियो।

कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ऋणात्मक रहेको कम्पनीको खुद नाफा सँगै ईपीएस पनि यो वर्ष धनात्मक भएको हो।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा १९ करोड ४६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११८.१२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ८ करोड ९२ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा २२५.१५ प्रतिशत बढेको छ भने कुल आम्दानी २१६.७१ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन खर्च २९.०९ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ४१ पैसा धनात्मक भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७७५.८३ गुणा रहेको छ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने ६ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४९ लाख रुपैयाँ खुद नाफा गरेको छ। जबकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ करोड २२ लाख ऋणात्मक रहेको थियो। कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ऋणात्मक रहेको कम्पनीको खुद नाफा सँगै ईपीएस पनि यो वर्ष धनात्मक भएको हो। कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा १९ करोड ४६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११८.१२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ८ करोड ९२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा २२५.१५ प्रतिशत बढेको छ भने कुल आम्दानी २१६.७१ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन खर्च २९.०९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ४१ पैसा धनात्मक भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७७५.८३ गुणा रहेको छ। ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने ६ करोड रुपैयाँ ऋणात्मक रहेको छ।