काठमाडौँ। आज सोमबार सेयर बजार १५.३३ अंकले बढेको छ। शेयर बजार १५.३३ अंकले बढेर २१०१.१६ विन्दुमा आएर बन्द भएको हो।
यसदिन ३१४ कम्पनीको ७५ हजार १०५ पटक भएको कारोबारमा १ करोड १० लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया