वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नीजि क्षेत्रलाई अख्तियारको दायरामा नराख्न एफएनसीसीआईको जोडबल

अर्थलगानी
२०८० बैशाख ७, बिहीबार

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र भित्र निजी क्षेत्र पर्न नहुनेमा जोड दिएका छन्।

विहीबार नेपाली कांग्रेस संसदीय दलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउँदा लगानी निरुत्साहित हुने वताए।
अध्यक्ष ढकालले राष्टिय सभाबाट प्रतिनिधि सभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेसो संसोधन विधेयकमा भएको बैंक वित्तिय संस्था, पब्लिक कम्पनी, अस्पताल आदिलाई अख्तियारको दायरा ल्याउने व्यवस्था हटाउन माग गरेका हुन्।

सोही कार्यक्रममा पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधानको धारा २३९ अनुसार अख्तियार प्राप्त व्यक्तिमात्रै अख्यिारको दायरामा आउने हुँदा निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न नसक्ने वताए। यो व्यवस्था संसोधन नभए निजी क्षेत्र निरुत्साहित हुने र लगानीको वातावरण विग्रिने उनले वताए।
नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद वढुले निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने तर नियामक निकायलाई भने बलियो बनाउन सकिने वताए। उनले यो व्यवस्था संसोधनका लागि पार्टिले पहल गर्नुपर्ने वताए।
नेपाली कांग्रेसका सांसदहरु हृदयराम थानी, वीर वहादुर बलायर, दिपक गिरी, सुनिल शर्मा लगायतले पनि निजी क्षेत्र अख्तियारको दायरामा नपर्ने हुँदा संसोधन आवश्यक रहेको धारणा राखे। उनीहरुले नेपाली कांग्रेस निजी क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने नीतिमा विश्वास राख्ने पार्टि भएकोले यसको संसोधन आवश्यक रहेको वताए।
कार्यक्रमका संयोजक एवं नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले यसबारेको संसोधन व्यक्तिगत वा सामुहिक रुपमा हाल्न सकिने वताए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र भित्र निजी क्षेत्र पर्न नहुनेमा जोड दिएका छन्। विहीबार नेपाली कांग्रेस संसदीय दलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउँदा लगानी निरुत्साहित हुने वताए। अध्यक्ष ढकालले राष्टिय सभाबाट प्रतिनिधि सभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेसो संसोधन विधेयकमा भएको बैंक वित्तिय संस्था, पब्लिक कम्पनी, अस्पताल आदिलाई अख्तियारको दायरा ल्याउने व्यवस्था हटाउन माग गरेका हुन्। सोही कार्यक्रममा पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधानको धारा २३९ अनुसार अख्तियार प्राप्त व्यक्तिमात्रै अख्यिारको दायरामा आउने हुँदा निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न नसक्ने वताए। यो व्यवस्था संसोधन नभए निजी क्षेत्र निरुत्साहित हुने र लगानीको वातावरण विग्रिने उनले वताए। नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद वढुले निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने तर नियामक निकायलाई भने बलियो बनाउन सकिने वताए। उनले यो व्यवस्था संसोधनका लागि पार्टिले पहल गर्नुपर्ने वताए। नेपाली कांग्रेसका सांसदहरु हृदयराम थानी, वीर वहादुर बलायर, दिपक गिरी, सुनिल शर्मा लगायतले पनि निजी क्षेत्र अख्तियारको दायरामा नपर्ने हुँदा संसोधन आवश्यक रहेको धारणा राखे। उनीहरुले नेपाली कांग्रेस निजी क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने नीतिमा विश्वास राख्ने पार्टि भएकोले यसको संसोधन आवश्यक रहेको वताए। कार्यक्रमका संयोजक एवं नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले यसबारेको संसोधन व्यक्तिगत वा सामुहिक रुपमा हाल्न सकिने वताए।