वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घलेम्दी हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँड

अर्थलगानी
२०८० फाल्गुन ३, बिहीबार

काठमाडौ्ँ। घलेम्दी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयरको बाँडफाँड गरेको छ । कम्पनीले लिलामीमा ल्याएको ३२ लाख १७ हजार ७१४ कित्ता अवितरित हकप्रद शेयर कम्पनीको संचालक समितिको निर्णय बमोजिम फागुन २ गते बाँडफाँड गरेको हो ।

कम्पनीले माघ ९ देखि माघ २३ गतेसम्म शिलबन्दी बोलपत्र आब्हान गरी शेयर लिलाम गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु माघ २७ गते खोलि फागुन २ गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले शेयर बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

आवेदकहरुको बाँडफाँडमा नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी फागुन ६ गते आइतबारदेखि आवेदन फाराममा उल्लेख गरेको बैंक वित्तीय संस्थाको खातामा आइपीएस मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ । साथै आफ्नो खातामा रकम जम्मा भएको वा नभएको यकिन गरी जम्मा नभएको अण्डमा मुक्तिनाथ क्यापिटलमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

साथै, बाँडफाँडको अन्तिम मूल्य १५१.३५ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । साथै, बाँडफाँडको विवरण विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेभसाइटमा हेर्न कम्पनीले भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौ्ँ। घलेम्दी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयरको बाँडफाँड गरेको छ । कम्पनीले लिलामीमा ल्याएको ३२ लाख १७ हजार ७१४ कित्ता अवितरित हकप्रद शेयर कम्पनीको संचालक समितिको निर्णय बमोजिम फागुन २ गते बाँडफाँड गरेको हो । कम्पनीले माघ ९ देखि माघ २३ गतेसम्म शिलबन्दी बोलपत्र आब्हान गरी शेयर लिलाम गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु माघ २७ गते खोलि फागुन २ गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले शेयर बाँडफाँड गरेको कम्पनीले जनाएको छ । आवेदकहरुको बाँडफाँडमा नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी फागुन ६ गते आइतबारदेखि आवेदन फाराममा उल्लेख गरेको बैंक वित्तीय संस्थाको खातामा आइपीएस मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ । साथै आफ्नो खातामा रकम जम्मा भएको वा नभएको यकिन गरी जम्मा नभएको अण्डमा मुक्तिनाथ क्यापिटलमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । साथै, बाँडफाँडको अन्तिम मूल्य १५१.३५ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । साथै, बाँडफाँडको विवरण विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेभसाइटमा हेर्न कम्पनीले भनेको छ ।