काठमाडौँ। आज बिहीबार सेयर बजार १४.४६ अंकले घटेको छ। शेयर बजार १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा आएर बन्द भएको हो।
आज ३०५ कम्पनीको ८१ हजार ५६ पटक भएको कारोबारमा १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँको कारोबार भएको छ ।
आज ७९ कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया