वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाण्डौ महानगरको बजेट खर्च साढे २० प्रतिशत, ४ वटा क्षेत्रमा शुन्य खर्च

अर्थलगानी
२०८० फाल्गुन ७, सोमबार

काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०\८१ को सात महिनामा २० दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको छ ।

महानगरले चालु आर्थिक वर्षका लागि २४ अर्ब आठ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा गएको साउनदेखि माघ मसान्तसम्म चार अर्ब ९५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको हो ।

सात महिनामा महानगरले सबैभन्दा धेरै वित्तीय सुशासनमा ५४ लाख विनियोजन गरेकोमा अहिलेसम्म ४६ प्रतिशतभन्दा धेरै अर्थात् २५ लाख १४ हजार रुपैयाँ खर्च भएको छ ।

यसैगरी प्रशासनिक क्षेत्रमा तीन अर्ब ४९ करोड १४ लाख विनियोजन भएकोमा एक अर्ब ५४ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ । यस्तै ऊर्जा क्षेत्रमा सात करोड ७१ लाख छुट्याएको महानगरले सात महिनामा दुई करोड ७९ लाख रुपैयाँ खर्च गरेको छ । शिक्षा क्षेत्रमा दुई अर्ब ७२ करोड ७१ लाख विनियोजन भएकोमा ८८ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ ।

महानगरले जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था, गरिबी निवारण र श्रम, रोजगारी क्षेत्रमा क्षेत्रमा भने सात महिनासम्ममा एक प्रतिशत बजेट पनि खर्च गर्न सकेको छैन।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०\८१ को सात महिनामा २० दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्षका लागि २४ अर्ब आठ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा गएको साउनदेखि माघ मसान्तसम्म चार अर्ब ९५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको हो । सात महिनामा महानगरले सबैभन्दा धेरै वित्तीय सुशासनमा ५४ लाख विनियोजन गरेकोमा अहिलेसम्म ४६ प्रतिशतभन्दा धेरै अर्थात् २५ लाख १४ हजार रुपैयाँ खर्च भएको छ । यसैगरी प्रशासनिक क्षेत्रमा तीन अर्ब ४९ करोड १४ लाख विनियोजन भएकोमा एक अर्ब ५४ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ । यस्तै ऊर्जा क्षेत्रमा सात करोड ७१ लाख छुट्याएको महानगरले सात महिनामा दुई करोड ७९ लाख रुपैयाँ खर्च गरेको छ । शिक्षा क्षेत्रमा दुई अर्ब ७२ करोड ७१ लाख विनियोजन भएकोमा ८८ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ । महानगरले जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था, गरिबी निवारण र श्रम, रोजगारी क्षेत्रमा क्षेत्रमा भने सात महिनासम्ममा एक प्रतिशत बजेट पनि खर्च गर्न सकेको छैन।