काठमाडौँ। आज बिहीवार सेयर बजार २८.६८ अंकले घटेको छ। शेयर बजार २८.६८ अंकले घटेर १९७२.०९ विन्दुमा आएर बन्द भएको हो।
यसदिन ३०९ कम्पनीको ४८ हजार ३४९ पटक भएको कारोबारमा ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन १७ कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको स्थिर रहेको छ ।
सेयर बजारमा १ कम्पनीले भने सकरात्मक सर्किट हानेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड कम्पनिको सेयरमा आज सर्किट लागेको हो ।
प्रतिक्रिया