वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

अर्थलगानी
२०८० फाल्गुन १८, शुक्रबार

काठमाडौँ। कुमारी बैंकको ६ लाख ४१ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकका विभिन्न संस्थापक शेयरधनीहरुका नाममा रहेको ६ लाख ४१ हजार २७५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

शेयर खरिदका लागि आवेदन दिन ३५ दिनको म्याद दिइएको छ। इच्छुक लगानीकर्ताले यो अवधिभित्र काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालय वा काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। कुमारी बैंकको ६ लाख ४१ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकका विभिन्न संस्थापक शेयरधनीहरुका नाममा रहेको ६ लाख ४१ हजार २७५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। शेयर खरिदका लागि आवेदन दिन ३५ दिनको म्याद दिइएको छ। इच्छुक लगानीकर्ताले यो अवधिभित्र काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालय वा काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।