काठमाडौँ। आज बुधबार सेयर बजार ९.३३ अंकले बढेको छ। शेयर बजार ९.३३ अंकले बढेर २०१७.०३ विन्दुमा आएर बन्द भएको हो।
यसदिन ३०८ कम्पनीको ५८ हजार ९४० पटक भएको कारोबारमा ९१ लाख ३८ हजार १५४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १७५ कम्पनीको सेयर मूल्य बढ्दा ६२ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको स्थिर रहेको छ ।
आज डोल्टी पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, आज स्वरोजगार लघुवित्त र जोशी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने गोर्खाज फाइनान्स र सिवाईसी लघुवित्तको शेयरमूल्य ८ प्रतिशत बढेको छ। यस दिन मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.७१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको करिब २८ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
प्रतिक्रिया