वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फेरी आक्रोशित बने आशा लघुवित्तका कर्मचारी, १६ बुंदे सम्झौतामा एउटा मात्रै कार्यान्वयन

अर्थलगानी
२०८० फाल्गुन २७, आईतवार

काठमाडौँ। सम्झौता कार्यान्वयन नभएपछि आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु व्यवस्थापकहरूप्रति फेरी आक्रोशित भएका छन् । साविकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ती गरेपश्चात बनेको आशा लघुवित्तको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै आएका कर्मचारीले यसअघि गरेको सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित बनेका हुन् ।
नाम उल्लेख नगर्न आग्रह गर्दै आशा लघुवित्तका एक कर्मचारीले भने, ‘सबै सम्झौता यहि फागुन १६ गतेसम्म कार्यान्वयन गर्नुपर्ने थियो। तर, अहिलेसम्म कर्मचारीको सेवा सुबिधा समायोजन बाहेक अरु कुनै पनि कार्यान्वयनमा नआएको अवस्था छ।’
ती कर्मचारीका अनुसार व्यवस्थापन समूहले आन्दोलनको समयमा भएका सहमति कार्यान्वयन गर्नुको सट्टामा उल्टै तालिमको आयोजना गरि कर्मचारी थर्काएको बताए। अनुगमन अधिकृतहरुले दैनिक एनपीएल नघटाए जागिर छोडेर जान धम्की दिएको उनको भनाई छ। साथै कर्मचारीको अनावश्यक सरूवा घटुवा गरिदिएको उनले बताए।

यसअघि आशा लघुवित्तका कर्मचारीले विभिन्न माग राख्दै १७ दिनसम्म आन्दोलन गरेका थिए। माग पुरा नभएको खण्डमा करिब दुई सय जनाले संयुक्त राजीनामा दिने बताएकोमा व्यवस्थापक समूहले वार्तामा बोलाई १६ बुंदे सम्झौता गरेको थियो। तर ती सम्झौता पुरा नगरेको भन्दै कर्मचारीहरु पुनः आक्रोशित बनेका छन् ।
लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले सम्झौताहरु आंशिक कार्यान्वयनमा आईसकेको र केही आउने क्रममा रहेको बताए। सिईओ दुलालले भने, ‘आशा लघुवित्त मात्रै रहँदा यति लामो समयसम्म कहीँकतै यस्तो आन्तरिक कलह भएको थिएन। हामी कर्मचारीको हकहित प्रति सकरात्मक नै छौँ।’ उनले थपे, ‘दुई फरक वातावरण, कार्यशैलीलाई एकिकृत गर्दैगर्दा कहीँकतै बाँझिनु स्वभाविक हो। हामीले मिलाएर जाने विषयमा सकरात्मक नै छौँ। तोकिएकै समयमा अक्षरात्मक पुरा मात्रै नभएको हो, क्रमिक मागको सम्बोधन गरेका छौँ। ’

यता कर्मचारीहरु भने युनियन नै दर्ता गरेर अगाडी बढ्ने तयारीमा छन्। साथै सम्झौताहरु कार्यान्वयनमा नआए चैत १ गते देखि पुनः आन्दोलनमा जाने ती कर्मचारीले बनाए।

यता कर्मचारीहरुले भने सम्झौता भएको यति लामोसमयसम्म पनि कार्यान्वयन नगरेको र आफ्नो  अधिकार संरक्षणका लागि ‘युनियन’ दर्ता प्रक्रिया सुरु गर्दा व्यवस्थापनले विभिन्न प्रलोभन देखाई धाक धम्की दिएको बताएका छन् ।

युनियन दर्ताको लागि समर्थन नगर्न भन्दै व्यवस्थापकले कर्मचारीलाई व्यक्तिगत रुपमा फोन गरि धम्काएको समेत कर्मचारीले जनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सम्झौता कार्यान्वयन नभएपछि आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु व्यवस्थापकहरूप्रति फेरी आक्रोशित भएका छन् । साविकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ती गरेपश्चात बनेको आशा लघुवित्तको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै आएका कर्मचारीले यसअघि गरेको सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित बनेका हुन् । नाम उल्लेख नगर्न आग्रह गर्दै आशा लघुवित्तका एक कर्मचारीले भने, ‘सबै सम्झौता यहि फागुन १६ गतेसम्म कार्यान्वयन गर्नुपर्ने थियो। तर, अहिलेसम्म कर्मचारीको सेवा सुबिधा समायोजन बाहेक अरु कुनै पनि कार्यान्वयनमा नआएको अवस्था छ।’ ती कर्मचारीका अनुसार व्यवस्थापन समूहले आन्दोलनको समयमा भएका सहमति कार्यान्वयन गर्नुको सट्टामा उल्टै तालिमको आयोजना गरि कर्मचारी थर्काएको बताए। अनुगमन अधिकृतहरुले दैनिक एनपीएल नघटाए जागिर छोडेर जान धम्की दिएको उनको भनाई छ। साथै कर्मचारीको अनावश्यक सरूवा घटुवा गरिदिएको उनले बताए। यसअघि आशा लघुवित्तका कर्मचारीले विभिन्न माग राख्दै १७ दिनसम्म आन्दोलन गरेका थिए। माग पुरा नभएको खण्डमा करिब दुई सय जनाले संयुक्त राजीनामा दिने बताएकोमा व्यवस्थापक समूहले वार्तामा बोलाई १६ बुंदे सम्झौता गरेको थियो। तर ती सम्झौता पुरा नगरेको भन्दै कर्मचारीहरु पुनः आक्रोशित बनेका छन् । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले सम्झौताहरु आंशिक कार्यान्वयनमा आईसकेको र केही आउने क्रममा रहेको बताए। सिईओ दुलालले भने, ‘आशा लघुवित्त मात्रै रहँदा यति लामो समयसम्म कहीँकतै यस्तो आन्तरिक कलह भएको थिएन। हामी कर्मचारीको हकहित प्रति सकरात्मक नै छौँ।’ उनले थपे, ‘दुई फरक वातावरण, कार्यशैलीलाई एकिकृत गर्दैगर्दा कहीँकतै बाँझिनु स्वभाविक हो। हामीले मिलाएर जाने विषयमा सकरात्मक नै छौँ। तोकिएकै समयमा अक्षरात्मक पुरा मात्रै नभएको हो, क्रमिक मागको सम्बोधन गरेका छौँ। ’ यता कर्मचारीहरु भने युनियन नै दर्ता गरेर अगाडी बढ्ने तयारीमा छन्। साथै सम्झौताहरु कार्यान्वयनमा नआए चैत १ गते देखि पुनः आन्दोलनमा जाने ती कर्मचारीले बनाए। यता कर्मचारीहरुले भने सम्झौता भएको यति लामोसमयसम्म पनि कार्यान्वयन नगरेको र आफ्नो  अधिकार संरक्षणका लागि ‘युनियन’ दर्ता प्रक्रिया सुरु गर्दा व्यवस्थापनले विभिन्न प्रलोभन देखाई धाक धम्की दिएको बताएका छन् । युनियन दर्ताको लागि समर्थन नगर्न भन्दै व्यवस्थापकले कर्मचारीलाई व्यक्तिगत रुपमा फोन गरि धम्काएको समेत कर्मचारीले जनाएका छन्।