वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

न्युट्रीप्लसद्वारा शेफ सत्रको आयोजना

अर्थलगानी
२०८० बैशाख १४, बिहीबार

काठमाडौँ । नेपालका प्रमुख होटलका शेफहरुलाई एकै ठाउँमा ल्याएर सन्जाल बनाउन र शेफ समुदाय समक्ष न्युट्रीप्लसलाई परिचित गराउने उद्देश्यका साथ आरएमसी फुड्सले शेफ सत्रको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको छ।

शेफ समुदायलाई एकताबद्ध गर्न र उत्कृष्ट खाना बनाउने तेलको महत्त्वबारे छलफल गर्न आयोजित सत्र सफल साबित भएको छ।

देशमा कार्यकारी शेफको उपाधि जित्ने पहिलो नेपाली शेफ गोविन्द नरसिंह केसी सत्रमा प्रमुख वक्ता थिए। उक्त नेटवर्किङ सेसनमा उनीसँगै चर्चित शेफ रत्नबहादुर थापा, शेफ लक्ष्मणप्रसाद भट्टराई, शेफ एसोसिएसनका अध्यक्ष श्याम लामालगायत अन्य शेफहरुको उपस्थिति थियो।

सत्रमा शेफ समुदाय यस प्रकारका कार्यक्रम आयोजना गर्नुको महत्व, उत्कृष्ट खाना बनाउने कलाका लागि गरिने मेहेनत, उत्कृष्ट परिकार बनाउनका लागि तेलको महत्वका विषयमा छलफल भएको थियो।

कार्यक्रममा मास्टर सेफ प्रोफेसनल विजेता तथा न्युट्रिप्लसका ब्रान्ड एम्बेसेडर सन्तोष साहले ब्रान्डको हिस्सा बन्नुको कारण र आफूले खाना बनाउने क्रममा न्युट्रीप्लसले थपेको फाइदाका बारेमा बताए। उनले स्वस्थ खाना पकाउने तेलको महत्त्व र जनस्वास्थ्यमा त्यसको प्रभावमा जोड दिए।

आरएमसी फुड्सका कार्यकारी निर्देशक यश अग्रवाल भने, ‘नेपालका चर्चित र प्रमुख शेफहरु भेट्न पाउँदा र शेफ समुदायमा हाम्रो उत्पादन न्यूट्रिप्लसको परिचय दिन पाउँदा हामीलाई गर्व महसुस् भएको छ। आज उपस्थित शेफहरु हाम्रो भर्खरै प्रस्तुत गरिएको न्युट्रीप्लसबारे पहिले नै जानकार छन् र यसलाई वहाँहरु आफ्नो पाककलाको एक कडीका रूपमा प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा थाहा पाउन पाउँदा हामी पनि खुसी छौं। यस सत्रको उद्देश्य आफ्नो व्यावसायिक जीवनमा व्यस्त शेफहरुबीच सुमधुर भेटघाट र चिनजान गराउने थियो। यस सत्रको सफलताले हामीलाई शेफ समुदायको लागि नियमित अन्तरालमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्न उत्प्रेरित गरेको छ।’

आरएमसी समूहले विगत तीन दशकदेखि नेपाली बजारमा अग्रणीका रुपमा निर्माण क्षेत्रलाई सेवा दिँदै आएको छ। उपभोक्ता र सरोकारवालाहरुको विश्वास अब खाद्यमा पनि विस्तार गर्ने उधेश्यले आरएमसी फुड्स सन् २०२१ मा स्थापित गरेको छ। आरएमसी फुड्स प्रालि खाद्य पदार्थको उत्पादन, प्रशोधन र नेपालभित्र र निर्यात बजारका लागि सम्बन्धित उत्पादनहरुमा केन्द्रित छ।

दशकौँ पुरानो परम्परालाई निरन्तरता दिँदै समूहले नेपालको औद्योगिक क्षेत्र जीतपुर, बारामा सबैभन्दा ठूलो र अत्याधुनिक तेल प्रशोधन कारखाना स्थापना गरेको छ र एकैसाथ अन्य थप उत्पादनहरु ल्याउने योजना छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । नेपालका प्रमुख होटलका शेफहरुलाई एकै ठाउँमा ल्याएर सन्जाल बनाउन र शेफ समुदाय समक्ष न्युट्रीप्लसलाई परिचित गराउने उद्देश्यका साथ आरएमसी फुड्सले शेफ सत्रको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको छ। शेफ समुदायलाई एकताबद्ध गर्न र उत्कृष्ट खाना बनाउने तेलको महत्त्वबारे छलफल गर्न आयोजित सत्र सफल साबित भएको छ। देशमा कार्यकारी शेफको उपाधि जित्ने पहिलो नेपाली शेफ गोविन्द नरसिंह केसी सत्रमा प्रमुख वक्ता थिए। उक्त नेटवर्किङ सेसनमा उनीसँगै चर्चित शेफ रत्नबहादुर थापा, शेफ लक्ष्मणप्रसाद भट्टराई, शेफ एसोसिएसनका अध्यक्ष श्याम लामालगायत अन्य शेफहरुको उपस्थिति थियो। सत्रमा शेफ समुदाय यस प्रकारका कार्यक्रम आयोजना गर्नुको महत्व, उत्कृष्ट खाना बनाउने कलाका लागि गरिने मेहेनत, उत्कृष्ट परिकार बनाउनका लागि तेलको महत्वका विषयमा छलफल भएको थियो। कार्यक्रममा मास्टर सेफ प्रोफेसनल विजेता तथा न्युट्रिप्लसका ब्रान्ड एम्बेसेडर सन्तोष साहले ब्रान्डको हिस्सा बन्नुको कारण र आफूले खाना बनाउने क्रममा न्युट्रीप्लसले थपेको फाइदाका बारेमा बताए। उनले स्वस्थ खाना पकाउने तेलको महत्त्व र जनस्वास्थ्यमा त्यसको प्रभावमा जोड दिए। आरएमसी फुड्सका कार्यकारी निर्देशक यश अग्रवाल भने, ‘नेपालका चर्चित र प्रमुख शेफहरु भेट्न पाउँदा र शेफ समुदायमा हाम्रो उत्पादन न्यूट्रिप्लसको परिचय दिन पाउँदा हामीलाई गर्व महसुस् भएको छ। आज उपस्थित शेफहरु हाम्रो भर्खरै प्रस्तुत गरिएको न्युट्रीप्लसबारे पहिले नै जानकार छन् र यसलाई वहाँहरु आफ्नो पाककलाको एक कडीका रूपमा प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा थाहा पाउन पाउँदा हामी पनि खुसी छौं। यस सत्रको उद्देश्य आफ्नो व्यावसायिक जीवनमा व्यस्त शेफहरुबीच सुमधुर भेटघाट र चिनजान गराउने थियो। यस सत्रको सफलताले हामीलाई शेफ समुदायको लागि नियमित अन्तरालमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्न उत्प्रेरित गरेको छ।’ आरएमसी समूहले विगत तीन दशकदेखि नेपाली बजारमा अग्रणीका रुपमा निर्माण क्षेत्रलाई सेवा दिँदै आएको छ। उपभोक्ता र सरोकारवालाहरुको विश्वास अब खाद्यमा पनि विस्तार गर्ने उधेश्यले आरएमसी फुड्स सन् २०२१ मा स्थापित गरेको छ। आरएमसी फुड्स प्रालि खाद्य पदार्थको उत्पादन, प्रशोधन र नेपालभित्र र निर्यात बजारका लागि सम्बन्धित उत्पादनहरुमा केन्द्रित छ। दशकौँ पुरानो परम्परालाई निरन्तरता दिँदै समूहले नेपालको औद्योगिक क्षेत्र जीतपुर, बारामा सबैभन्दा ठूलो र अत्याधुनिक तेल प्रशोधन कारखाना स्थापना गरेको छ र एकैसाथ अन्य थप उत्पादनहरु ल्याउने योजना छ।