काठमाडौँ। आज आइतबार सेयर बजार १०.६२ अंकले घटेको छ। शेयर बजार १०.६२ अंकले घटेर २०७०.२५ विन्दुमा आएर बन्द भएको हो ।
आज ३०४ कम्पनीको ३३ हजार ९ पटक भएको कारोबारमा ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रहेको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ। सो बैंकको शेयरमूल्य आज २६ रुपयाँ १० पैसा बढेर २८७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने मानुषि लघुवित्तको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७.८३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज सोनापुर मिनरल्स एण्ड आयलको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने अप्पर तामाकोशीको करिब १४ करोडको शेयर किनबेच भएको छ।
प्रतिक्रिया