काठमाडौँ। मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ३.२७ अंक बढेर २०७३.५३ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १ अंक बढेर २०७४.५३ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ३३ स्टकको २५ लाख ५१ हजार ५५४ रुपैयाँ ५० पैसाबराबरको ४ हजार ८२३ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने ८ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया