काठमाडौँ। आज सोमबार सेयर बजार १७.०१ अंकले घटेको छ। शेयर बजार १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा आएर बन्द भएको हो।
आज ३०४ कम्पनीको ४४ हजार २३६ पटक भएको कारोबारमा ७० लाख ६१ हजार १२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ३७ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको स्थिर रहेको छ ।
नेप्से घटेपनि आज दुई कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज बोटलर्स नेपाल (बालाजु) र सर्वोत्तम सिमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज २८ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज शिवम् सिमेन्टको साढे १३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया