काठमाडौँ। फागुन महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले ११ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । प्रथम बीमा शुल्क २ अर्ब ५७ करोड र नविकरण ९ अर्ब ९ करोड गरि कुल साढ ११ अर्बको व्यापार गरेका हुन।
नेपाल बीमा प्राधिकरणका अनुसार देशमा सञ्चालित १८ जीवन बीमा कम्पनीले फागुन महिनामा प्रथम बीमा शुल्क बढी संकलन गरेपनि नवीकरण शुल्क घट्दा माघ महिनाको तुलनामा फागुनमा कम्पनीहरूको व्यवसाय घटेको देखिएको छ।
माघ महिनामा जीवन बीमा कम्पनीहरूको यस्तो व्यापार १२ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ थियो । माघ महिनामा जीवन बीमा कम्पनीहरूले प्रथम बीमा शुल्कबाट २ अर्ब ३१ करोड रुपैयाँ उठाएका थिए भने १० अर्ब ३६ करोड पोलिसी नवीकरणबाट प्राप्त गरेका थिए।
चालु आवको फागुन अन्त्यसम्म ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । फागुन अन्त्यसम्म जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले १ करोड ३८ लाख ७ हजार २४९ पोलिसी जारी गरेका छन् ।
जीवन बीमा कम्पनीहरूले चालु आवको माघ महिनासम्म ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँको प्रिमियम संकलन गरेका थिए । समीक्षा अवधिमा सबैभन्दा बढि जीवन बीमा व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ भने दोस्रो ठूलो व्यवसाय नेशनल लाइफ इन्स्योरेन्सले गरेको छ । नयाँ व्यवसाय वृद्धिमा पनि नेशनल लाइफ र नेपाल लाइफ अग्रस्थानमा रहेका छन् ।
फागुन महिनासम्ममा नेपाल लाइफले सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले फागुन महिनासम्ममा कुल ४ अर्ब २४ करोड ४२ लाख रुपैयाँ बरारबरको नयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत फागुन महिनाको सोही अवधिमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन २२ प्रतिशतले बृद्धि भएको छ ।
नेशनल लाइफले फागुन महिनासम्ममा कुल २ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ । गत फागुन महिनाको तुलनामा कम्पनीको नयाँ व्यवसाय २३।७२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा एशियन लाइफको प्रथम बीमा शुल्क १२।९४ प्रतिशतले बढेर १५ करोड ३२ लाख पुगेको छ । आइएमई लाइफले फागुन महिनासम्ममा ८७ करोड ५९ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ । फागुन महिनमा सिटिजन लाइफको प्रथम बीमाशुल्कबाट १३ करोड ५६ लाख कमाएको छ ।
जीवन बीमा व्यवसाय गर्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ६५ हजार १८४ बीमा पोलिसी जारी गरेर प्रथम बीमा शुल्कबाट १२ करोड ९६ लाख र नवीकरण बीमा व्यवसायबाट २९ करोड १४ लाख, सूर्यजोति लाइफ इन्स्योरेन्सले १८ करोड ७६ लाख प्रथम र नवीकरणबाट ४८ करोड ८२ लाख गरी फागनु महिनामात्रै ६७ लाख ५९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले फागनु महिनामा ७ करोड ४१ लाख प्रथम बीमा शुल्क र २५ करोड ८९ लाख नवीककरण गरी कुल ३३ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफ इन्स्योरेन्स कर्पोरेशनले फागुन महिनामा प्रथम बीमा व्यवसायबाट १० करोड १३ प्रथम बीमा शुल्क र ३८ करोड ९७ लाख नवीकरण गरी ४९ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
गार्डियन माईक्रो लाइफले १ करोड ५९ लाख, क्रेष्ट माईक्रो लाइफले ३ करोड ६१ लाख, लिवर्टी माईक्रो लाइफले ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
प्रतिक्रिया