वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स म्युचुअल फन्डका तीनवटै योजनाले बढाए लगानी, कुनको न्याभ कति ?

अर्थलगानी
२०८० चैत्र १५, बिहीबार

काठमाडौँ।  सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको फागुन महिनाको वित्तीय विवरण सार्वजनीक भएको छ। सार्वजनीक विवरण सिटिजन्स म्युचुअल फन्डका तीनवटै योजनाले लगानी बढाएका छन।

कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेका सिटिजन्स म्युचुअल फन्ड–१, फन्ड–२ र सिटिजन्स सुपर ३० को वित्तीय विवरण सार्वजनिक भएको हो।

सिटिजन्स म्युचुअल फन्ड-१
फागुनमा सिटिजन्स म्युचुअल फन्ड-१ को न्याभ बढेर १०.२० रुपैयाँ पुगेको छ। माघमा न्याभ १०.१७ रुपैयाँ थियो। यो योजनाको कुल लगानी पनि बढेर फागुनमा ८० करोड ७२ लाख रुपैयाँ पुगेको छ। माघमा कुल लगानी ७६ करोड १८ लाख रुपैयाँ थियो। गत माघमा ६१ लाख ६८ हजार रुपैयाँ घाटा व्यहोरेको यो योजनाले फागुनमा पनि ३२ लाख ९१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ।

सिटिजन्स म्युचुअल फन्ड-२
माघमा सिटिजन्स म्युचुअल फन्ड–२ को ९.८६ रुपैयाँ न्याभ रहेकोमा फागुनमा बढेर ९.८९ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने बढेर फागुनमा ५४ करोड ४१ लाख रुपैयाँ पुगेको छ। माघमा कुल लगानी ५३ करोड ७६ लाख रुपैयाँ थियो। गत माघमा ७८ लाख ९२ हजार रुपैयाँ घाटा व्यहोरेको यो योजनाले फागुनमा पनि ६४ लाख ६१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ।

सिटिजन्स सुपर-३०
माघमा सिटिजन्स सुपर-३० को १०.७८ रुपैयाँ न्याभ रहेकोमा फागुनमा घटेर १०.७५ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर फागुनमा ५६ करोड ५४ लाख रुपैयाँ पुगेको छ। माघमा कुल लगानी ५१ करोड ५० लाख रुपैयाँ थियो। गत माघमा ४ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले फागुनमा पनि ३ करोड ९४ लाख रुपैयाँ कमाएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ।  सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको फागुन महिनाको वित्तीय विवरण सार्वजनीक भएको छ। सार्वजनीक विवरण सिटिजन्स म्युचुअल फन्डका तीनवटै योजनाले लगानी बढाएका छन। कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेका सिटिजन्स म्युचुअल फन्ड–१, फन्ड–२ र सिटिजन्स सुपर ३० को वित्तीय विवरण सार्वजनिक भएको हो। सिटिजन्स म्युचुअल फन्ड-१ फागुनमा सिटिजन्स म्युचुअल फन्ड-१ को न्याभ बढेर १०.२० रुपैयाँ पुगेको छ। माघमा न्याभ १०.१७ रुपैयाँ थियो। यो योजनाको कुल लगानी पनि बढेर फागुनमा ८० करोड ७२ लाख रुपैयाँ पुगेको छ। माघमा कुल लगानी ७६ करोड १८ लाख रुपैयाँ थियो। गत माघमा ६१ लाख ६८ हजार रुपैयाँ घाटा व्यहोरेको यो योजनाले फागुनमा पनि ३२ लाख ९१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। सिटिजन्स म्युचुअल फन्ड-२ माघमा सिटिजन्स म्युचुअल फन्ड–२ को ९.८६ रुपैयाँ न्याभ रहेकोमा फागुनमा बढेर ९.८९ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने बढेर फागुनमा ५४ करोड ४१ लाख रुपैयाँ पुगेको छ। माघमा कुल लगानी ५३ करोड ७६ लाख रुपैयाँ थियो। गत माघमा ७८ लाख ९२ हजार रुपैयाँ घाटा व्यहोरेको यो योजनाले फागुनमा पनि ६४ लाख ६१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। सिटिजन्स सुपर-३० माघमा सिटिजन्स सुपर-३० को १०.७८ रुपैयाँ न्याभ रहेकोमा फागुनमा घटेर १०.७५ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर फागुनमा ५६ करोड ५४ लाख रुपैयाँ पुगेको छ। माघमा कुल लगानी ५१ करोड ५० लाख रुपैयाँ थियो। गत माघमा ४ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले फागुनमा पनि ३ करोड ९४ लाख रुपैयाँ कमाएको छ।