काठमाडौँ। सर्वाेत्तम सिमेन्ट लिमिटेडको आईपीओ प्राप्त गरेका लगानीकर्ताले ३२ हजार बढी नाफा कमाएका छन्। १८ हजार रुपैयाँमा हालेर शेयर खरिद गरेको सर्वाेत्तमको उक्त शेयरमूल्य अहिले ५० हजार भन्दा माथि पुगेको हो।
सर्वाेत्तमले फागुन १३ गतेदेखि १६ गतेसम्म बुक विल्डीङ विधिमार्फत आईपीओ निष्काशन गरेको थियो। आईपीओमा आवेदन दिँदा आवेदशकले प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले न्युनतम ५० कित्ता किन्नुपर्ने हुन्थ्यो। ५० कित्ता किन्न १८ हजार ४५ रुपैयाँ तिर्नुपर्ने थियो। तर त्यो आईपीओको प्रतिकित्ता शेयर मुल्य अहिले १ हजार ४ रुपैयाँ २० पैसा पुगेको छ। फदस्वरुप ५० कित्ताको मुल्य आजको दिनमा ५० हजार २५० हुन आउँछ।
उक्त आईपीओ बाँडफाँड पश्चात चैत ६ गतेदेखि कारोबारमा आएको थियो। पहिलो कारोबार ५५६ मा भएको थियो। हालसम्म कम्पनीको शेयर जम्मा ७ दिन कारोबार भएको छ।
प्रतिक्रिया