वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचक ६.२६ अंकले घट्यो, कति भयो कारोबार ?

अर्थलगानी
२०८० चैत्र १९, सोमबार

काठमाडौँ। आज सोमबार सेयर बजार ६.२६ अंकले घटेको छ। शेयर बजार ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा आएर बन्द भएको हो ।

आज ३१५ कम्पनीको ६३ हजार १५ पटक भएको कारोबारमा ७२ लाख ९० हजार २०० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।

नेप्से घटेपनि आज दुई कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । आज गुराँस लघुवित्त वित्तीय संस्था र माइ खोला हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै, आज महुलि लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। आज रिभर फल्स पावर कम्पनीको शेयरमा भने नकारात्मक सर्किट लागेको छ। त्यसैगरी, आज हिमालयन हाइड्रोपावर र अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ४७ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज शिवम सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज सोमबार सेयर बजार ६.२६ अंकले घटेको छ। शेयर बजार ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा आएर बन्द भएको हो । आज ३१५ कम्पनीको ६३ हजार १५ पटक भएको कारोबारमा ७२ लाख ९० हजार २०० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ । नेप्से घटेपनि आज दुई कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । आज गुराँस लघुवित्त वित्तीय संस्था र माइ खोला हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै, आज महुलि लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। आज रिभर फल्स पावर कम्पनीको शेयरमा भने नकारात्मक सर्किट लागेको छ। त्यसैगरी, आज हिमालयन हाइड्रोपावर र अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा यस दिन सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ४७ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज शिवम सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।