काठमाडौँ। सर्वोत्तम सिमेन्टले यो वर्षका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज चैत्र २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको निर्णय अनुसार हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत (कर सहित)नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले कुल ६९ करोड ७५ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ६५ करोड रहेको छ ।
कम्पनीले वैशाख १२ गते बुधबार रुपन्देहीमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्
प्रतिक्रिया