काठमाडौँ। आज बुधबार सेयर बजार ३.४३ अंकले घटेको छ। शेयर बजार ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा आएर बन्द भएको हो ।
आज ३२२ कम्पनीको ५२ हजार ६५ पटक भएको कारोबारमा ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया