काठमाडौँ। शेयर बजार बुधबार पनि सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ को विन्दुमा बन्द भएको हो ।
बजार घट्दा १३२ कम्पनीको शेयरभाउ घटेको छ १०३ कम्पनीको शेयरभाउ बढेको छ भने आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्सेमा सूचीकृत ३२२ कम्पनीका ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर २ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बढीमा किनबेच भएका छन् । आज सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका कम्पनीहरु
सूर्यज्योति लाइफः २५ करोड ८० लाख रुपैयाँ
सर्वोत्तम सिमेन्टः १२ करोड ६७ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः ११ करोड ७७ लाख रुपैयाँ
शिवम सिमेन्टः ९ करोड ३ लाख रुपैयाँ
सोनापुर मिनरल्सः ५ करोड ९२ लाख रुपैयाँ
पिपुल्स पावरः ४ करोड ४० लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ४ करोड ३८ लाख रुपैयाँ
घोराही सिमेन्टः ३ करोड २४ लाख रुपैयाँ
अपर तामाकोशीः २ करोड ८८ लाख रुपैयाँ
हिमालयन डिस्टिलरीः २ करोड ७८ लाख रुपैयाँ
प्रतिक्रिया