काठमाडौँ। नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँवर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथसी.जी. को “नयाँसोचौं, नयाँ रोजौें” भन्ने नयाँवर्षको उपहार योजना लिएर आएको छ ।
यस उपहार योजना अन्तर्गत सी.जी.तथा सी.जी. मेरिडिया को उत्कृष्ट उत्पादनहरुको नवीनतम प्रविधि एवम गुणस्तरका साथविशेष ग्राहकहरुका लागि ५८ हजार ८ सयसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु समेत उपलब्ध रहेको छ ।
आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आप्mनै ब्राण्ड सी.जी. को विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँवर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सक्नुहुनेछ ।
यस उपहार योजना अन्तर्गत सी.जी. का विभिन्न उत्पादन जस्तै एल.ई.डि टि.भि., गुगल टि.भि., एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रो वेभ ओभनहरुमा आकर्षक क्यास ब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ ।
यसरी ३२”, ४३”, ५०”, र ५५” को एल.इ.डी. टि.भि.,अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनर मा क्यास ब्याक अफर रहेको छ भने ६५” र ७५” को गुगल टि.भी. मा क्यास ब्याक लगायत २.१ स्पीकर उपहार पनि रहेको छ ।
त्यसैगरी सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यास ब्याक लगायत ३ लि. एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यास ब्याक लगायत ६ के.जी. एरियल उपहार रहेको छ । माइक्रो वेभ ओभनको खरिदमा क्यास ब्याक लगायत कुकिङ किट उपहार पाउन सक्नेछन्। साथै, डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सक्नुहुनेछ ।
साथै शुन्य प्रतिशत ई.एम.आई. सि.जी. लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसंग नयां सि.जी.को सामान साट्न सक्ने सुबिधापनि रहेको छ ।
यो योजना चैत्र २१, २०८० देखि नेपालअधिराज्यभर सिमितअवधिको लागिलागु गरिएको छ ।
प्रतिक्रिया