वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा करिब पौने ३ करोड कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति?

अर्थलगानी
२०८० चैत्र २३, शुक्रबार

काठमाडौँ। सेयर बजारमा थप साढे २ करोड कित्ता बोनस सेयर थप भएको छ। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ करोड ६३ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा लक्ष्मी सनराइज बैंकले यो वर्ष वितरण गरेको ७ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । बैंकको १ करोड ५१ लाख ६९ हजार १६६ दशमलव ५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै, किसान किसान विकास लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट यो वर्ष आफ्ना सेयरलाई सो बराबरको बोनस सेयर वितरण गरेको थियो । सोही बापत ४७ लाख ४७ हजार ५५५ दशमलव ९४१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

यता, रिलायवल नेपाल लाइफको १६ प्रतिशत बापतको ६४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । यी तीनै वटा कम्पनीहरुको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सेयर बजारमा थप साढे २ करोड कित्ता बोनस सेयर थप भएको छ। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ करोड ६३ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा लक्ष्मी सनराइज बैंकले यो वर्ष वितरण गरेको ७ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । बैंकको १ करोड ५१ लाख ६९ हजार १६६ दशमलव ५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस्तै, किसान किसान विकास लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट यो वर्ष आफ्ना सेयरलाई सो बराबरको बोनस सेयर वितरण गरेको थियो । सोही बापत ४७ लाख ४७ हजार ५५५ दशमलव ९४१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो । यता, रिलायवल नेपाल लाइफको १६ प्रतिशत बापतको ६४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । यी तीनै वटा कम्पनीहरुको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।