वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक लघुवित्तको साधारणसभा आज, लगानीकर्तालाई के छ?

अर्थलगानी
२०८० चैत्र २६, सोमबार

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको ११ औं वार्षिक साधारण सभा आज चैत्र २६ गते गर्दै छ। सभा कम्पनीको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् । सभाले गत आर्थिक वर्षको प्रतिवेदन सहितका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक तर्फको रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिबाट भएको मनोनयन अनुमोदन गर्ने एजेण्डा पनि रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले चैत्र १४ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार चैत्र १३ गतेसम्म कायम शेयरधनी सभामा उपस्थित हुन योग्य हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको ११ औं वार्षिक साधारण सभा आज चैत्र २६ गते गर्दै छ। सभा कम्पनीको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् । सभाले गत आर्थिक वर्षको प्रतिवेदन सहितका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक तर्फको रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिबाट भएको मनोनयन अनुमोदन गर्ने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले चैत्र १४ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार चैत्र १३ गतेसम्म कायम शेयरधनी सभामा उपस्थित हुन योग्य हुनेछन् ।