काठमाडौँ। आज मंगलबार सेयर बजार ९.१९ अंकले बढेको छ । शेयर बजार ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१५ कम्पनीको ७२ हजार २६१ पटक भएको कारोबारमा ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १५० कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया