काठमाडौँ। शेयर बजार मंगलबार पनि उकालो लागेको छ। नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ मा बन्द भएको छ।
बजार बढ्दा १५० कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ८६ वटाको ओरालो लागेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये ३१५ कम्पनीका ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बढीमा कारोबार भएको छ। आज सर्वाधिक कारोबार भएको कम्पनीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ।
आज उच्च कारोबार भएका कम्पनीहरु
सूर्यज्योति लाइफः १८ करोड ८ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः १६ करोड ५ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः १५ करोड ४५ लाख रुपैयाँ
नेपाल फाइनान्सः १५ करोड ३६ लाख रुपैयाँ
पोखरा फाइनान्सः १० करोड ४६ लाख रुपैयाँ
शिवम सिमेन्टः ८ करोड २९ लाख रुपैयाँ
रिलायन्स फाइनान्सः ७ करोड ४४ लाख रुपैयाँ
तारागाउँ रिजेन्स होटेलः ७ करोड २२ लाख रुपैयाँ
जानकी फाइनान्सः ६ करोड ७९ लाख रुपैयाँ
सेन्ट्रल फाइनान्सः ६ करोड ४८ लाख रुपैयाँ
प्रतिक्रिया