काठमाडौँ। मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडको वार्षिक साधारणसभा भोली अर्थात चैत २९ गते बिहीबार हुँदैछ। लघुवित्तको सभा होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा हुन लागेको हो।
यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन् । यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ । गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भइसकेको छ ।
प्रतिक्रिया