वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनकामना दर्शन प्रालि नेपाल उद्योग वाणिज्य महासंघद्वारा सम्मानित

अर्थलगानी
२०८० चैत्र २९, बिहीबार

काठमाडौँ। नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.लि. आर्थिक वर्ष २०७८–२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रालिलाई सम्मानित गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मनकामना दर्शनकी सेल्स तथा मार्केटिङ डाइरेक्टर यशु श्रेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।

गत वर्ष पनि सोही विधामा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित सो कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.लि. आर्थिक वर्ष २०७८–२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रालिलाई सम्मानित गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मनकामना दर्शनकी सेल्स तथा मार्केटिङ डाइरेक्टर यशु श्रेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् । गत वर्ष पनि सोही विधामा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित सो कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको छ ।