काठमाडौँ। आज नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । शेयर बजार २.३५ अंकले घटेर २०२३.३५ विन्दुमा आएर बन्द भएको हो ।
आज ३२० कम्पनीको ५९ हजार ४२ पटक भएको कारोबारमा ७७ लाख ९५ हजार ३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १२७ कम्पनीको सेयर मूल्य बढ्दा १०८ कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रहेको छ ।
नेप्से घटेपनि आज एक स्टक कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज श्रीजनशील लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आज एनआईसी एशिया लघुवित्त, दोल्ती पावर र राप्ती हाइड्रो एण्ड जनसल कन्स्ट्रक्सनको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज २१ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज पोखरा फाइनान्सको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम १० करोड नाघेको छ।
प्रतिक्रिया