वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विदेशि पर्यटकले खर्च गर्ने रकम बढ्यो, कति गर्छन् एक दिनमा?

अर्थलगानी
२०८१ बैशाख ६, बिहीबार

काठमाडौँ। सन् २०२३ मा नेपाल आएका पर्यटकले प्रतिदिन औसत ४१ अमेरिकी डलर खर्च गरेको पाईएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सन् २०२३ को पर्यटन प्रतिवेदनअनुसार नेपाल आउने वैदेशिक पर्यटकले प्रतिव्यक्ति प्रतिदिन औसत ४१ डलर (औसत ५ हजार रुपैयाँ) खर्च गरेको पाईएको हो।

पर्यटकले गर्ने यो दैनिक खर्चदर गत वर्षको तुलनामा भने बढी हो। २०२२ मा नेपाल आएका पर्यटकले प्रतिदिन औसत ४०.५ डलर खर्च गरेको तथ्यंकमा उल्लेख छ। त्यसैगरी २०२३ मा नेपालले पर्यटक आगमनबाट ५४ करोड ८२ लाख डलर (७२ अर्ब रुपैयाँ हाराहारी) आम्दानी गरेको छ । २०२२ मा ३५ करोड ९७ लाख डलर अर्थात् ४७ अर्ब रुपैयाँ हाराहारी आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी सन् २०२२ र २०२३ को दुई वर्षमा नेपाल घुम्न आउने पर्यटकको संख्या १६ लाख २९ हजार ७ सय ५१ थियो । जसमध्ये हवाइमार्गबाट १५ लाख ६ हजार ९ सय १ जना र स्थलमार्गबाट १ लाख २२ हजार ८ सय ५० जना आएका थिए ।

सन् २०२२ मा ६ लाख १४ हजार ८६९ जना पर्यटक आएका थिए भने २०२३ मा १० लाख १४ हजार ८२२ पर्यटक आएका थिए । हवाई मार्गबाट आउने पर्यटकको संख्या २०२२ को तुलनामा २०२३ मा ५४.३ प्रतिशतले बढी हो । स्थलमार्गबाट २०२२ को तुलनामा २०२३ मा ३५२.४ प्रतिशले बढी पर्यटक आएका थिए ।

सन् २०२२ मा पर्यटकको औसत बसाइ १३.१ दिन रहेको थियो भने २०२३ मा १३.२ दिन रहेको थियो । यो बसाई २०२२ को तुलनामा २०२३ मा ०.८ प्रतिशतले बढी हो ।

मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनको तथ्यांकअनुसार दुई वर्षमा नेपाल आउने पर्यटकमध्ये ५५.८४ प्रतिशत पुरुष र ४४.१२ प्रतिशत महिला छन् । सन् २०२२ को तुलनामा महिला पर्यटक बढी छन्।

त्यस्तै २०२२ र २०२३ मा सबैभन्दा धेरै पर्यटक आउने देशको पहिलो सूचिमा भारत रहेको छ। दुवै वर्ष दोस्रो नम्बरमा अमेरिका छ । २०२२ मा तेस्रोमा बेलायत र चीन, चौथोमा अस्ट्रेलिया र बेलायत तथा पाँचौं नम्बरमा बंगलादेश र अस्ट्रेलिया छन् ।

यस्तै दुई वर्षमा नेपाल भित्रिएका कुल पर्यटकमध्ये बिदा मनाउन आएका पर्यटकको संख्या २०२२ मा ३ लाख ९७ हजार ८ सय २० थियो भने २०२३ मा ६ लाख ३४ हजार ३ सय १ थियो । यो संख्या २०२२ को तुलनामा २०२३ मा ५९.४ प्रतिशतले बढी हो ।

यस्तै धार्मिक गतिविधिका लागि २०२२ मा ७९ हजार १ सय ४६ पर्यटक आएका थिए भने २०२३ मा १ लाख ३२ हजार ९ सय ४९ पर्यटक आएका थिए । यो संख्या २०२२ को तुलनामा २०२३ मा ६८ प्रतिशतले बढी हो ।

यसैगरी २०२२ मा पदयात्रा र पर्वतारोहणका लागि ६१ हजार ७ सय १ र २०२३ मा १ लाख ५४ हजार २ सय ६२ जना पर्यटक आएका थिए । यो संख्या २०२२ को तुलनामा १५० प्रतिशतले बढी हो ।

यस्तै अन्य गतिविधिका लागि २०२२ मा ७६ हजार २ सय २ र २०२३ मा ९३ हजार ३ सय ७० पर्यटक नेपाल आएका थिए । यो संख्या २०२२ को तुलनामा २०२३ मा २२।५ प्रतिशतले बढी हो ।

मन्त्रालयले २०२२ र २०२३ मा सबैभन्दा बढी पर्यटक बोक्ने एयरलाइन्स पनि सार्वजनिक गरेको छ । जसमा २०२२ मा सबैभन्दा बढी पर्यटक बोक्ने एयरलाइन्सको नम्बर १ उपाधि कतार एयरवेजले पाएको छ भने २०२३ मा सबैभन्दा बढी पर्यटक नेपाल एयरलाइन्सले बोकेको छ ।

यस्तै २०२२ मा धेरै पर्यटक बोक्ने दोस्रो नम्बरमा नेपाल एयरलाइन्स छ भने २०२३ मा कतार एयरवेज रहेको छ ।

तेस्रो नम्बरमा २०२२ र २०२३ मा हिमालय एयरलाइन्सले धेरै पर्यटक बोकेको छ । यस्तै चौथो नम्बरमा धेरै पर्यटक बोक्ने एयरलाइन्समा क्रमशस् फ्लाई दुबई र इन्डिगो एयर रहेको छन् । पाँचौ नम्बरमा भने क्रमश इन्डिगो एयर र फ्लाई दुबई छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सन् २०२३ मा नेपाल आएका पर्यटकले प्रतिदिन औसत ४१ अमेरिकी डलर खर्च गरेको पाईएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सन् २०२३ को पर्यटन प्रतिवेदनअनुसार नेपाल आउने वैदेशिक पर्यटकले प्रतिव्यक्ति प्रतिदिन औसत ४१ डलर (औसत ५ हजार रुपैयाँ) खर्च गरेको पाईएको हो। पर्यटकले गर्ने यो दैनिक खर्चदर गत वर्षको तुलनामा भने बढी हो। २०२२ मा नेपाल आएका पर्यटकले प्रतिदिन औसत ४०.५ डलर खर्च गरेको तथ्यंकमा उल्लेख छ। त्यसैगरी २०२३ मा नेपालले पर्यटक आगमनबाट ५४ करोड ८२ लाख डलर (७२ अर्ब रुपैयाँ हाराहारी) आम्दानी गरेको छ । २०२२ मा ३५ करोड ९७ लाख डलर अर्थात् ४७ अर्ब रुपैयाँ हाराहारी आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी सन् २०२२ र २०२३ को दुई वर्षमा नेपाल घुम्न आउने पर्यटकको संख्या १६ लाख २९ हजार ७ सय ५१ थियो । जसमध्ये हवाइमार्गबाट १५ लाख ६ हजार ९ सय १ जना र स्थलमार्गबाट १ लाख २२ हजार ८ सय ५० जना आएका थिए । सन् २०२२ मा ६ लाख १४ हजार ८६९ जना पर्यटक आएका थिए भने २०२३ मा १० लाख १४ हजार ८२२ पर्यटक आएका थिए । हवाई मार्गबाट आउने पर्यटकको संख्या २०२२ को तुलनामा २०२३ मा ५४.३ प्रतिशतले बढी हो । स्थलमार्गबाट २०२२ को तुलनामा २०२३ मा ३५२.४ प्रतिशले बढी पर्यटक आएका थिए । सन् २०२२ मा पर्यटकको औसत बसाइ १३.१ दिन रहेको थियो भने २०२३ मा १३.२ दिन रहेको थियो । यो बसाई २०२२ को तुलनामा २०२३ मा ०.८ प्रतिशतले बढी हो । मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनको तथ्यांकअनुसार दुई वर्षमा नेपाल आउने पर्यटकमध्ये ५५.८४ प्रतिशत पुरुष र ४४.१२ प्रतिशत महिला छन् । सन् २०२२ को तुलनामा महिला पर्यटक बढी छन्। त्यस्तै २०२२ र २०२३ मा सबैभन्दा धेरै पर्यटक आउने देशको पहिलो सूचिमा भारत रहेको छ। दुवै वर्ष दोस्रो नम्बरमा अमेरिका छ । २०२२ मा तेस्रोमा बेलायत र चीन, चौथोमा अस्ट्रेलिया र बेलायत तथा पाँचौं नम्बरमा बंगलादेश र अस्ट्रेलिया छन् । यस्तै दुई वर्षमा नेपाल भित्रिएका कुल पर्यटकमध्ये बिदा मनाउन आएका पर्यटकको संख्या २०२२ मा ३ लाख ९७ हजार ८ सय २० थियो भने २०२३ मा ६ लाख ३४ हजार ३ सय १ थियो । यो संख्या २०२२ को तुलनामा २०२३ मा ५९.४ प्रतिशतले बढी हो । यस्तै धार्मिक गतिविधिका लागि २०२२ मा ७९ हजार १ सय ४६ पर्यटक आएका थिए भने २०२३ मा १ लाख ३२ हजार ९ सय ४९ पर्यटक आएका थिए । यो संख्या २०२२ को तुलनामा २०२३ मा ६८ प्रतिशतले बढी हो । यसैगरी २०२२ मा पदयात्रा र पर्वतारोहणका लागि ६१ हजार ७ सय १ र २०२३ मा १ लाख ५४ हजार २ सय ६२ जना पर्यटक आएका थिए । यो संख्या २०२२ को तुलनामा १५० प्रतिशतले बढी हो । यस्तै अन्य गतिविधिका लागि २०२२ मा ७६ हजार २ सय २ र २०२३ मा ९३ हजार ३ सय ७० पर्यटक नेपाल आएका थिए । यो संख्या २०२२ को तुलनामा २०२३ मा २२।५ प्रतिशतले बढी हो । मन्त्रालयले २०२२ र २०२३ मा सबैभन्दा बढी पर्यटक बोक्ने एयरलाइन्स पनि सार्वजनिक गरेको छ । जसमा २०२२ मा सबैभन्दा बढी पर्यटक बोक्ने एयरलाइन्सको नम्बर १ उपाधि कतार एयरवेजले पाएको छ भने २०२३ मा सबैभन्दा बढी पर्यटक नेपाल एयरलाइन्सले बोकेको छ । यस्तै २०२२ मा धेरै पर्यटक बोक्ने दोस्रो नम्बरमा नेपाल एयरलाइन्स छ भने २०२३ मा कतार एयरवेज रहेको छ । तेस्रो नम्बरमा २०२२ र २०२३ मा हिमालय एयरलाइन्सले धेरै पर्यटक बोकेको छ । यस्तै चौथो नम्बरमा धेरै पर्यटक बोक्ने एयरलाइन्समा क्रमशस् फ्लाई दुबई र इन्डिगो एयर रहेको छन् । पाँचौ नम्बरमा भने क्रमश इन्डिगो एयर र फ्लाई दुबई छन् ।