काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ को विन्दुमा उक्लिएको हो।
बजार बढ्दा १८० कम्पनीको शेयरभाउ बढेको छ भने ५९ वटाको घटेको छ। आज ९ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज २ अर्ब ६८ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार पोखरा फाइनान्सको भएको छ।
आज उच्च कारोबार भएका कम्पनीहरु :
पोखरा फाइनान्सः १३ करोड ५ लाख रुपैयाँ
मल्टीपर्पस फाइनान्सः १० करोड ९९ लाख रुपैयाँ
पिपुल्स पावरः ९ करोड ८५ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः ८ करोड ५८ लाख रुपैयाँ
नेपाल फाइनान्सः ६ करोड ७३ लाख रुपैयाँ
रिलायन्स फाइनान्सः ६ करोड ४४ लाख रुपैयाँ
प्रोग्रेसिभ फाइनान्सः ६ करोड ६ लाख रुपैयाँ
समृद्धि फाइनान्सः ५ करोड ७५ लाख रुपैयाँ
आइएमई लाइफः ५ करोड ७३ लाख रुपैयाँ
बेस्ट फाइनानसः ४ करोड ९७ लाख रुपैयाँ
प्रतिक्रिया