वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोपान मल्टिपल कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्दै

अर्थलगानी
२०८१ बैशाख १९, बुधबार

काठमाडौँ। सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियममा मूल्यमा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि निम्ति बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा सोपानका तर्फबाट अध्यक्ष डा ई तारा प्रसाद पोखरेल र क्यापिटलका तर्फबाट सीईओ दिपेश कुमार बैध्यले हस्ताक्षर गरेका छन् ।

कम्पनीका अनुसार आगामी वैशाख २२ गते हुन लागेको कम्पनीको १५औं बार्षिक साधारणसभामा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुन लागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता २०७ रुपैयाँमा आईपीओ निष्काशन गर्ने योजना बनाएको छ ।

कम्पनीले आफ्नो चुक्ता पूँजी १ अर्ब ४५ करोड ७५ लाख पुर्याउने योजना बनाएको छ। जस अन्तरगत संस्थापक तर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता ९१ अर्ब १६ करोड ६० लाख० को हिस्सा रहने छ भने २० प्रतिशत अर्थात २९ लाख १५ हजार कित्ता बराबरको आईपिओ जारी हुनेछ ।

सोपान मल्टिपलको लगानी रहेको मैलुङ्ग खोला जलबिद्युत कम्पनी र माथिल्लो मैलुङ्ग खोलाले आईपीओ निष्काशन गरिसकेको छ भने सोपान मल्टिपलको प्रमुख परियोजनाको रूपमा बिकाश गरिएको देशकै नमुना अत्याधुनिक प्रबिधियुक्त सोपान फर्मास्युटिकल्सले आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियममा मूल्यमा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि निम्ति बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा सोपानका तर्फबाट अध्यक्ष डा ई तारा प्रसाद पोखरेल र क्यापिटलका तर्फबाट सीईओ दिपेश कुमार बैध्यले हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार आगामी वैशाख २२ गते हुन लागेको कम्पनीको १५औं बार्षिक साधारणसभामा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुन लागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता २०७ रुपैयाँमा आईपीओ निष्काशन गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो चुक्ता पूँजी १ अर्ब ४५ करोड ७५ लाख पुर्याउने योजना बनाएको छ। जस अन्तरगत संस्थापक तर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता ९१ अर्ब १६ करोड ६० लाख० को हिस्सा रहने छ भने २० प्रतिशत अर्थात २९ लाख १५ हजार कित्ता बराबरको आईपिओ जारी हुनेछ । सोपान मल्टिपलको लगानी रहेको मैलुङ्ग खोला जलबिद्युत कम्पनी र माथिल्लो मैलुङ्ग खोलाले आईपीओ निष्काशन गरिसकेको छ भने सोपान मल्टिपलको प्रमुख परियोजनाको रूपमा बिकाश गरिएको देशकै नमुना अत्याधुनिक प्रबिधियुक्त सोपान फर्मास्युटिकल्सले आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको छ ।