काठमाडौँ। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १९.५० अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार २५.९३ अंक बढेर २००६.२८ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १९.५० अंक बढेर २०२५.७८ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा ७० स्टकको ४६ लाख ३९ हजार ३४९ रुपैयाँ ३० पैसाबराबरको ८ हजार १८५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ५७ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया