वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोपान मल्टिपल कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थलगानी
२०८१ बैशाख २०, बिहीबार

काठमाडौँ। सोपान मल्टिपल कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । सोपानका अध्यक्ष डा. तारा प्रसाद पोखरेल र क्यापिटलका सीईओ दिपेश कुमार बैध्यले नियुक्तीका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कम्पनीले अंकित मूल्यमा १०७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०७ रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेको छ । आगामी वैशाख २२ गते हुन लागेको कम्पनीको १५औं बार्षिक साधारणसभामा प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुने छ ।

कम्पनीले चुक्ता पूँजी १ अर्ब ४५ करोड ७५ लाख पुर्याउन लागेको छ । संस्थापक तर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता रहने र २० प्रतिशत अर्थात २९ लाख १५ हजार कित्ता सर्वसाधारणलाई आईपिओ निष्कान गर्न लागेको जनाएको छ ।

सोपान मल्टिपलको लगानी रहेको मैलुङ्ग खोला जलबिद्युत कम्पनी र माथिल्लो मैलुङ्ग खोलाले आईपीओ निष्काशन गरिसकेको छ । सोपान मल्टिपलको प्रमुख परियोजनाको सोपान फर्मास्युटिकल्सले आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सोपान मल्टिपल कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । सोपानका अध्यक्ष डा. तारा प्रसाद पोखरेल र क्यापिटलका सीईओ दिपेश कुमार बैध्यले नियुक्तीका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । कम्पनीले अंकित मूल्यमा १०७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०७ रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेको छ । आगामी वैशाख २२ गते हुन लागेको कम्पनीको १५औं बार्षिक साधारणसभामा प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुने छ । कम्पनीले चुक्ता पूँजी १ अर्ब ४५ करोड ७५ लाख पुर्याउन लागेको छ । संस्थापक तर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता रहने र २० प्रतिशत अर्थात २९ लाख १५ हजार कित्ता सर्वसाधारणलाई आईपिओ निष्कान गर्न लागेको जनाएको छ । सोपान मल्टिपलको लगानी रहेको मैलुङ्ग खोला जलबिद्युत कम्पनी र माथिल्लो मैलुङ्ग खोलाले आईपीओ निष्काशन गरिसकेको छ । सोपान मल्टिपलको प्रमुख परियोजनाको सोपान फर्मास्युटिकल्सले आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको जनाइएको छ ।