काठमाडौँ। आज सोमबार सेयर बजार १५.६२ अंकले घटेको छ। शेयर बजार १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१० कम्पनीको ४८ हजार ७०९ पटक भएको कारोबारमा ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ६२ कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको स्थिर रहेको छ ।
आज दुई स्टक कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज पोखरा फाइनान्स र दोल्ती पावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज पिपुल्स पावर कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत घटेको छ। आज बोटलर्स नेपाल (तराई) को शेयरमूल्य सर्वाधिक ९.०३ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा आज सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको आज ३१ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज नेपाल फाइनान्सको १० करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको करिब १० करोडको शेयर किनबेच भएको छ।
प्रतिक्रिया