काठमाडौँ। बीमा कम्पनीहरुले बीमालेख धितो कर्जाको ब्याजदर घटाउन सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउन सुरु गरेसँगै बीमा कम्पनीहरुले पनि बीमालेख धितो कर्जाको ब्याजदर घटाउन थालेका हुन् ।
बैंकहरूले गत चैतसम्म ११ प्रतशित रहेको मुद्दती निक्षेपको ब्याजदर बैशाखमा १।०१ प्रतशित विन्दु घटाएर ९.९९ प्रतिशतमा झारेका थिए । बैंकहरुले जेठमा पनि यही ब्याजदरलाई निन्तरता दिएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख धितो कर्जाको ब्याजदर जेठबाट घटाएर १० प्रतिशत कायम गरेको छ। यसअघि ११ प्रतिशत लिँदै आएको थियो। जीवन बीमा कम्पनीहरुले केही समय अगाडी बीमालेख धितो कर्जाको ब्याजदर १२ प्रतिशत पुर्याएका थिए।
बैंकले ब्याजदर घटाएपछि जीवन बीमा कम्पनीहरुले पनि बीमालेख धितो कर्जाको ब्याजदर घटाउन थालेका हुन् ।
प्रतिक्रिया