काठमाडौँ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात एचआईडिसिएलको नाफामा सामान्य वृद्धि भएको छ। कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समिक्षा अवधिमा १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको हो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.९२ प्रतिशत बढी हो। कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो।
यो अवधिमा कम्पनीको सम्झौताबाट हुने आम्दानी ६२.६८ प्रतिशत र वित्तीय आम्दानी ०.९३ प्रतिशत बढेको देखिन्छ। यो अवधिमा अन्य आम्दानी २० हजारबाट बढेर १ करोड ८६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय आम्दानी भने सो अवधिमा १९.३७ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १८ पैसा बढेर ६ रुपैयाँ ३८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.२२ गुणा रहेको छ।
२२ अर्ब ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ७९ करोड रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया