वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वरोजगार लघुवित्त नाफामा, प्रतिसेयर आम्दानी कति ?

अर्थलगानी
२०८१ बैशाख २७, बिहीबार

काठमाण्डौँ। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा ४०.३० प्रतिशतले बढी हो । अघिल्लो आव संस्थाले ५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानीमा भने ०.४५ प्रतिशतको झिनो बढोत्तरी भएको छ । संस्थाले २६ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी ३० करोड ९६ लाख र सञ्चालन मुनाफा ७ करोड २ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ५ करोड ७० लाख रुपैयाँ रहेको छ । ६७ करोड ११ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिटेन्ड अर्निङ बढेको छ भने र रिजर्भ भने घटेको छ । संस्थाको रिटेन्ड अर्निङ ४ करोड ६५ लाखबाट बढेर ५ करोड ७४ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिजर्भको आकार भने २४ करोड ३९ लाखबाट घटेर २१ करोड ६२ लाख रुपैयाँमा सीमित बनेको छ ।

तेस्रो त्रैमाससम्ममा ३ अर्ब ६० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ७ अर्ब ९९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

संस्थाको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ६.६३ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ५।७२ प्रतिशतमा झरेको छ । संस्थाको इम्पेयरमेन्ट चार्जका लागि ३ करोड ९९ लाख रुपैयाँ छुट्टाएको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी १४.५४ रुपैयाँ प्रतिसेयर नेटवर्थ १४०.७९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २९२.६२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४५.३२ गुणा र तरलता अनुपात ९.७७ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी