वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआइसी एशिया लघुवित्तको वित्तिय अवस्था कस्तो ?

अर्थलगानी
२०८१ बैशाख २८, शुक्रबार

काठमाडौँ। एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा १२ लाख५५ हजार रुपैयाँ रहेको । गत आर्थिक वर्षको सोेहि अवधिमा कम्पनीको मुनाफा २३ करोड २४ लाख ८१ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ९९.४६ प्रतिशतले कम हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १९.२४ प्रतिशतले घटेर ६२ करोड ७२ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ७७ करोड ६७ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३३ करोड ४३ लाख ७२ हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा २ करोड १८ लाख १३ हजार रुपैयाँ मात्र संचालन नाफा गरेको हो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ, जगेडा कोष ८६ करोड ८० लाख रुपैयाँ, वितरणयोग्य नाफा ७१.१३ प्रतिशतले घटेर १९ करोड ४० लाख रुपैयाँ, खराब कर्जा ४.९१ प्रतिशतबाट बढेर १३.५३ प्रतिशत पुगेको छ ।

यता, कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँबाट घटेर ०.१० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६१.०६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी